काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गलत प्रवृत्तिसँग कहिल्यैपनि सम्झौता नगर्ने बताएका छन्। पार्टीभित्रको गलत प्रवृत्तिकोविरुद्ध निरन्तर जुधिने उनको भनाइ थियो। शनिबार काठमाडौंको अल्फा हाउस ब्याक्वेटमा आयोजित‘कम्युनिस्ट आन्दोलनः अवसर र अवसरवाद’कार्यक्रममा बोल्दै उनले व्यक्तिवाद र अहंकार हाबी हुँदा एमालेलाई ठूलो अवसर प्राप्त भएपनि गुमेको बताए। खराब प्रवृत्तिलाई सहयोग पुग्ने काम नगर्ने बरु त्यसका विरुद्धमा जुध्ने उनको भनाई थियो।