वाणिज्य बैंकहरूमा एक सातामै ५८ अर्ब रूपैयाँले निक्षेप थपिएको छ ।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको २३ पुससम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४३ खर्ब सात अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेप अघिल्लो साता ४२ खर्ब ४९ अर्ब रूपैयाँ रहेको पनि तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार वाणिज्य बैंकहरूले यो पुस तेस्रो सातासम्ममा ४१ खर्ब आठ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा प्रवाह २३ पुससम्मको एक सातामा ९ अर्ब रूपैयाँले मात्रै बढेको तथ्यांकले देखाएको छ ।
सरकारले स्थानीय निकायको सञ्चित...