खोप घोटाला भएको पुष्टि गर्न स्वास्थ्यमन्त्रीको चुनौती

काठमाडौं : स्वास्थ्यमन्त्री विरोध खतिवडाले २४ लाख खोप घोटाला भएको पुष्टि गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘२४ लाख खोप कहाँ गयो? भनेर धेरै कुरा उठ्यो। त्यस विषयमा मैले भनिसकेको छु। स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन खोप कति कहाँबाट आयो? र कुन प्रदेशका कति भयो भनेर राखेका छौँ।’उनले  ५ करोड ३३ लाख आएर, ४ करोड ८७ लाख खर्च भएको र ४६ लाख ४७ हजार खोप स्टक रहेको समेत बताए। उनले चुनौती दिँदै भने, ‘२४ लाख मैले

सम्बन्धित सामग्री

धनगढीका दुई बालबालिकामा दादुरा पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीका बालबालिकामा दादुरा पुष्टि भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का २ बालबालिकामा दादुरा पुष्टि भएको हो । लक्षण दुई हप्ता अघि देखिए पनि बुधबारमात्र दादुरा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार ९ वर्षीय बालिका र ४ वर्षीय बालकमा दादुरा पुष्टि भएको […]

लमजुङमा तीनजनामा डेंगु संक्रमण पुष्टि

लमजुङको मध्य नेपाल नगरपालिकाका तीनजनामा डेंगु संक्रमण पुष्टि भएको छ । मध्य नेपाल अस्पतालमा उपचारका निम्ती गएका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेंगु सक्रमण पुष्टि भएको हो ।डेंगु रोग संक्रमण पुष्टि हुनेहरू मध्य नेपाल ६, भोर्लेटारका रहेका छन् ।  डेंगु संक्रमण पुष्टि भएकामध्ये एकजनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि पोखरा पठाइएको मध्य नेपाल अस्पतालका डाक्टर सुशील पौडेलले जानकारी दिए । अस्पतालमा आएका बिरामीमा डेंगु  संक्रमण पुष्टि भएसँगै स्थानीय

वीरेन्द्रनगरमा बर्डफ्लु पुष्टि

कर्णाली- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा आज गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो । एक सयबढी टर्की मरेपछि परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि […]

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो ।अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोक गरी दुई जनामा मंगलबार हैजा पुष्टि भएको हो । यसअघि बागबजारस्थित एकै परिवारका  दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो ।

मकवानपुरमा बर्डफ्लु पुष्टि

मकवानपुरमा पनि बर्डफ्लु पुष्टि भएको छ । भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लिला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएको जिल्ला पशु सेवा विज्ञ केन्द्र हेटौंडाले जनाएको छ । केन्द्रका...

सुदूरपश्चिममा चारजनामा ओमिक्रोन संक्रमण पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशका चार जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कञ्चनपुरका दुई, बझाङ र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएकोमा चार जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयक

दुईजना विदेशीमा ओमिक्रोन पुष्टि

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई विदेशी नागरिकहरुमा ओमिक्रोन पुष्टि भएको हो ।नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो केस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र […]

कैलालीका सिडिओलाई कोरोना संक्रमण पुष्टि

धनगढी : कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोरोना  संक्रमण पुष्टि भएको छ। आज गरिएको पिसिआर परीक्षणमा प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो। उनले सामाजिक सञ्जालमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। उनीसहित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय २१ जनालाई कोरोना पुष्टि भएको छ।

दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि

खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्री थापाले रातोपाटीलाई बताए । ‘हिजो जाँच गर्दा पोजेटिभ रिपोर्ट आयो, तर अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या देखिएको छैन’, थापाले भने । उनी अहिले हो

राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि

भारतीय राष्ट्रिय काँगे्रसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् ।