उठ्न थाल्यो उपत्यकाको फोहोर

काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन सुरु भएको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट इन्चार्ज सरकार बी श्रेष्ठले मङ्गलबार काठमाडौँबाट १५७ ट्रक फोहोर साइटमा झारिएको जानकारी दिनुभयो ।