संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्छ : डा. कोइराला

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका कोइरालाले उक्त विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भइरहेको बेला कोइरालाले सो प्रतिक्रिया दिएका हुन् […]