२९ चैत, डोटी । सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केआई सिंह गाउँपालिका-६ भिताडिका ६० वर्षीय राम ताम्राकार रहेका छन् । शिखर नगरपालिका-२ मा प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएका उनको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए। […]