‍सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ – आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणपछि पनि सेयर बजार मापक नेप्सेमा उच्च अंकले गिरावट आएको छ। बजेटपछि तथा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ बिन्दुमा झरेको हो। त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंकले घटेको छ। […]