ऊर्जा प्रवद्र्धकहरूको विरोधपछि सरकारले तत्कालका लागि जलविद्युत आयोेजनाका संस्थापक सेयरको ‘लकिङ पिरियड’ मा गरिएको कडाइ कार्यान्वयन नगर्ने भएको छ । सरकारद्वारा गठित एक समितिले २० प्रतिशत सेयर संस्थापकहरूले सरकारलाई हक हस्तान्तरण नगरुन्जेलसम्म बिक्री गर्न नपाउने बनाउन सिफारिस गरेको थियो । तर, ऊर्जा व्यवसायीको आपत्तिपछि ऊर्जामन्त्री पम्फा भुसालले सोमबार तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेकी छन् ।“विद्युत […]