कर सुधारसम्बन्धी उच्चस्तरीय समितिले थाल्यो काम

१९ असोज, काठमाडौं । सरकारले कर सुधारका लागि गठन गरेको उच्चस्तरीय समितिले काम थालेको छ । समितिलाई सरकारले आन्तरिक राजस्व विभाग लाजिम्पाटमा कार्यस्थल तोकेको छ । समितिले यसै साताबाट काम सुरु गरेको अर्थ मन्त्रालयले जनाएको छ । २९ भदौको मन्त्रिपरिषद्को निर्णय अनुसार विद्याधर मल्लिकको अध्यक्षतामा कर प्रणाली सम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन भएको थियो । […]