काडमाडौं क्षेत्र नम्बर ५ मा ‘हेविवेट’ उम्मेदवारको भिडन्तले प्रतिष्पर्धा रोचक बनेको छ ।
यस क्षेत्रबाट कांग्रेसबाट नेता प्रकाशशरण महत, वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल चुनावी मैदानमा छन् । महत विगतमा कांग्रेसको विजयीयात्रालाई निरन्तरता दिने दाबी गर्छन् । ०६४ र ०७० को चुनावमा कांग्रेस जितेकाले यस पटक पनि यो क्षेत्र आफूले जित्नेमा उनी ढुक्क भएका हुन् । यता नेकपा एमालेका महासचिव पोखरेल वाम गठबन्धनपछि स्थिति बलियो भएको दावा गर्छन् । उनी यो क्षेत्रबाट विजययात्रा सुरुवात गर्न आतुर छन् ।