रोनाल्डो साउदी अरेबियाको अल नसरमा अनुबन्ध

काठमाण्डाै - पोर्चुगलका क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छाडेपछि क्लबविहीन थिए । पाँच पटकको बालेन डीओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका थिए । उनले युनाइटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।

सम्बन्धित सामग्री

रोनाल्डो कीर्तिमानी मूल्यसहित साउदीको अल नसर क्लबमा अनुबन्धित

स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्ध भएको जनाएको छ। यस्तै साउदी अरेबियाको अलअरबिया डट नेटले समेत रोनाल्डो अल नसरअ अनुबन्धित भएको जनाएको छ।...