राहदानी विभागले ‘बेसमेन्टलाई होल्डिङ रुम’ बनाएपछि महानगरले हटायो कुर्सी (तस्बिरहरु)

काठमाडौंस्थित त्रिपुरेश्वरमा रहेको राहदानी विभागले ‘बेसमेन्ट’लाई ‘होल्डिङ रुम’ बनाएको भन्दै महानगरपालिकाले कुर्सी हटाएको छ ।विभागले उक्त स्थान सेवाग्राही बस्न प्रयोग गरेको थियो । तर महानगरले सेवाग्राही बस्न योग्य नभएको भन्दै कुर्सी लगायतका सामग्री शुक्रबार हटाएको हो । उक्त स्थानमा भेन्टिलेसन समेत छैन ।

सम्बन्धित सामग्री

महानगरले खाली गरायो राहदानी विभागको बेसमेन्ट

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको काठमाडौं महानगरपालिकाको टोलीले त्यहाँको बेसमेन्ट खुला गर्न थालेको छ। मेयर बालेन्द्र शाहको निर्देशनमा शुक्रबार दिउँसो महानगरको टोली राहदानी विभागको कार्यालयमा पुगेको हो । अहिले महानगरीय प्रहरी लगायत सुरक्षाकर्मीले त्यहाँस्थित बेसमेन्टमा राखिएका कुर्सी र अन्य सामान बाहिर निकाल्दै गरेका छन् । बेसमेन्टमा नै कार्यालयले ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहदा सेवाग्राहीले […]