भारतमा गैर सरकारी संस्थामाथिको प्रतिबन्ध र अनुमतिपत्र रद्द गर्ने क्रम बढ्दो

काठमाण्डाै – भारतमा गैर सरकारी संस्थामाथि प्रतिबन्ध र अनुमतिपत्र रद्द गर्ने क्रम बढेको छ । सन् २०१४ मा नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री बनेयता दलित, जनजाती, मुश्लिम, अल्पसंख्यक लगायतका समूहको हितका लागि खोलिएका गैर सरकारी संस्थामाथिको प्रतिबन्ध र अनुमतिपत्र रद्द गर्ने क्रम तीव्र बनेको बीबीसी हिन्दीले जनाएको छ । गरिबको लागि काम गर्ने भनेर दर्ता भएका एक सय ७९ वटा संस्थाको अनुमतिपत्र खारेज भएको र पाँच हजार सात सय ८९ वटा संस्थाको अनुमतिपत्र नवीकरण नभएको खबरमा उल्लेख छ । मदर टेरेसाद्वारा स्थापित मिसिनरी अफ च्य...