काठमाडौं, १२ मंसिर । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा ललितपुरमा नेकपा माओवादीको हार भएपछि जिल्ला संयोजक र सचिवले राजीनामा दिएका छन् । उर्जामन्त्री तथा माओवादीकी उपमहासचिव पम्फा भुसाललगायतको ललितपुरमा हार भएपछि संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् । भुसाल ललितपुर–३ बाट डा.तोसिमा कार्कीसँग फराकिलो मतान्तरले पराजित भएकी […]