ए डिभिजन लिग : एनआरटीद्वारा सातदोबाटो १-० ले पराजित

काठमाडौं : सहिद स्मारक ए डिभिजन ०७८ मा एनआरटीले शनिबार पहिलो जित निकालेको छ।दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोलाई १–० ले हराउँदै एनआरटीले पहिलो जित निकालेको हो। एनआरटीका लागि निर्णायक गोल स्टेफन बिनोङले ४६ औं मिनेटमा गरे।लगातार दोस्रो बराबरी खेलेपछि एनआरटीले यसपल्ट जित हात पारेको हो। यो जितसँगै एनआरटीले चार खेलबाट पाँच अंक जोडेर सातौं स्थानमा उक्लेको छ। नवप्रवेशी सातदोबाटोको भने यो पहिलो हार हो।यसअघि उसले लगातार दुई जित निकालेको थियो। आजको नतिजापछि सातदोबाटो सात अंकमै सीमित रह्यो र अंक ता