दाङमा प्रभावकारी बन्दै ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम

दाङ - लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम दाङमा प्रभावकारी बन्दै गएको छ । ७० वर्ष उमेर पुगेका सबैलाई यो कार्यक्रमले समेटेपछि उनीहरुले आफ्नै घरमा स्वास्थ्य परीक्षण सेवा पाएका छन् । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि ७० वर्ष माथिकालाई घर घरमै पुगेर सेवा दिने गरी ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम विस्तार गरेको हो । ज्येष्ठ नागरिकको सामान्य स्वास्थ्य अवस्थाको जाँच,  उनीहरुले खाँदै आएको औषधिको परीक्षण तथा नि:शुल्क प्रदान गरिने औषधि वितरण लगायतका सेवा स्वास्थ्...