सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विकाससम्बन्धी अवधारणा रुपान्तरित हुँदैगएको बताउनुभएको छ । प्रवक्ता गुरुङले सडक, पुल, बिजुलीजस्ता विकास आयोजनालाई पूर्वाधारका रुपमा बुझिने गरिएको चर्चा गर्नुहुँदै भन्नुभयो, “सडक, पुल, विद्युत, खानेपानीजस्ता पूर्वाधारसँगै मुलुकको विकासका लागि अब महत्वपूर्ण पूर्वाधार सञ्चार महामार्ग पनि हो ।”