तथ्यांकोवाच : रू. १५ करोड १ लाख बराबरको काँटा चम्चा आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. १५ करोड १ लाख बराबरको काँटा चम्चा आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा काँटा चम्चाको आयातमा औसत वार्षिक वृद्धिदर ३४ दशमलव ८४ प्रतिशत देखिन्छ । मुलुकमा आर्थिक गतिविधि बढ्दै जाँदा काँटा चम्चाको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षहरूमा काँटा चम्चाको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र काँटा चम्चा उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । यस परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले काँटा चम्चा स्वदेशमै उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।