कास्की – पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मर्स्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लो तटीय किनार नुन व्यापारका मुख्य मार्ग नै थियो । वर्षा रोकिएपछि ती भेगका बासिन्दा भदौरे महिनामा तिब्बत गएर नुन र अरू सामग्री भेडा, च्याङ्ग्रा या घोडालाई बोकाएर ल्याउने, महिनौँ लगाएर हिउँदमा त्यो सामान बिक्री गर्न तराई र भारतीय सीमासम्म पुग्ने गर्दथे । गर्मी लाग्दै गर्दा तराईको अन्नपात बोकाएर पहाड, हिमाल फर्कने हिमालय सीमापार...