उडान बन्द गर्ने धम्की नदिन वायुसेवा सञ्चालकलाई महानिर्देशक अधिकारीको चेतावनी

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका छन्। मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले हवाई सेवा अत्यन्तै महत्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका हुन्। उनले निजी वायुसेवा सञ्चालकहरु पनि अत्यन्तै जिम्मेवार भएकाले हवाइ उडान बन्द गरिनहाल्ने विश्वास रहेको बताए। महानिर्देशक अधिकारीले हड्ताल […]

सम्बन्धित सामग्री

एयरलाइन्सहरुको धम्की अस्वीकार्य भनेपछि उड्ने भो विमान

वायु सेवा सन्चालक संघले बुधबारदेखि नियमित आन्तरिक उडान बन्द गर्न दिएको चेतावनी फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरुल आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएका छन् । आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् । आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि …

वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी : धाक-धम्की चल्दैन !

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई धाक-धम्की नचल्ने चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले हवाई उडान रोक्ने भन्ने वायुसेवा कम्पनीकाे धम्कीलाई जवाफी चेतावनी दिएको हो  ।वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने बताएको थियो । ‘हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन । धाक धम्की चल्दैन,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भनाइ छ ।&nb

अफगानिस्तानलाई लिएर पाकिस्तानी एयरलाइन्सको ठुलो निर्णय, काबुलका सबै उडान रद्द

पाकिस्तानको अन्तराष्ट्रिय एयरलाइन पीआईए ले अफगानिस्तानको राजधानी काबुल जाने र त्यहाँबाट आउने सबै उडान रद्द गरेको छ। तालिबानका अधिकारीहरुले अपमानजनक व्यवहार गरेको आरोप लगाउदै पाकिस्तान एयरलाइनले उडान रद्द गरेको जनाएको छ। आफ्नो एयरलाइनको कर्मचारीहरुलाई धम्की दिईएको र उडानमा पनि हस्तक्षेप गर्ने चेतावनी दिइएकाले उडान रद्द गर्नुपरेको पीआईएका एक प्रवक्ताले आरोप लगाएका छन्। बिहिबार तालिबानले पीआईए र अफगानिस्तानको एयरलाइन कैम एयरसँग टिकटको मुल्य कम गर्नलाई अपिल गरेको थियो। तालिबान सत्तामा आउनु अगाडीको मुल्य कायम गर्नलाई तालिबानले अपिल गरेको हो। आफुहरुको अपिल नमाने उडान बन्द गर्ने चेतावनी तालिबानले दिएको बिबिसीले रोयटर्सलाई उद्र्त गर्दै लेखेको छ। तालिबान सत्तामा आए पछि हवाई भाडा झन्डै दश गुणाले बढाईएको छ।  एएफपीकाअनुसार एयरलाइन्स काबुलबाट इस्लाम्बाद ४० मिनेटको उडानको लागि १२०० डलर सम्म लिईरहेका छन्। कसैले २५०० डलरसम्म पनि असुल गरिरहेका छन्। यो मुल्य तालिबान सत्तामा आउनु अगाडी मात्रै १५० डलर थियो। अहिले तालिबानले यहि मुल्य कायम गरिनु पर्ने अपिल गरेपछि पीआईएले अफगानिस्तानसँगको उडान रद्द गरेको हो।  पीआईए ले बिशेष उडान भएकाले बढेको मुल्य लिईएको दाबि गर्दै आएको छ। बिशेष उडानको प्रयोग बिशेषगरि एनजीओ, भीआईपी र अनुदानमा हुँदै आएको छ। यो कार्यले अफगान नागरिकहरुलाई देश छाडेर बाहिर निस्किनलाई ठुलो मद्दत मिलेको पीआईएको दाबि छ। बिशेष र सिमित मात्रै उडान भरिरहेकाले अहिले लिइरहेको मुल्यले समेत एयरलाइन घाटामा नै रहेको पीआईए को दाबि छ। आफुहरुले मानवीय सहयोगको आधारमा मात्रै उडान भरिरहेको पीआईएको भनाई छ।  अर्कोतर्फ अफगानिस्तानको आफ्नै एयरलाइन्स कैमले १६०० डलर लिइरहेको पीआईएको तर्क छ।   अफगानिस्तानबाट अमेरिकी तथा नेटो सेनाहरु फिर्ता भएपछि काबुल विमानस्थलमा तालिबानको कब्जा छ। पाकिस्तान १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको सत्ता समर्थन गर्दै आएको छ।   अहिले तालिबान सत्तामा आएपछि पनि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिश्वका बिभिन्न देशका नेताहरुलाई तालिबानसँग वार्तालाप गर्न तथा त्यहाँ आर्थिक सहयोग गर्नलाई अनुरोध गरिरहेका छन्।   कतार लगायतका देशहरुले अफगानिस्तानमा तालिबानलाई मान्यता दिएपनि पश्चिमी राष्ट्रहरुले तालिबान सरकारलाई मान्यता दिएको छैन।