कर असुली लक्ष्यभन्दा कम, वैशाख मसान्तसम्म ३ खर्ब ७७ अर्ब उठ्यो
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको १० महिना अवधिमा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन गरेको छ । वैशाख मसान्तसम्म ४ खर्ब २० अर्ब १८ करोड रुपैयाँ बराबर राजस्व संकलन लक्ष्य राखेको विभागले ३ खर्ब ३७ अर्ब ९३ करोड रुपैयाँ बराबर असुली गरेको हो ।