राप्रपा विशेष समितिको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको विशेष समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने नेता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीबारे छलफल हुनेछ। महाधिवेशन उपसमिति गठन र सक्रिय सदस्यता वितरण योजना बनाउने उनको भनाइ छ। बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ। राप्रपाले आगामी कातिक २७ देखि ३० गते सम्म पार्टी महाधिवेशन गर्ने घोषणा गरेको छ।