नागरिकता विधेयक संसद्मा दर्ता गर्ने सरकारले निर्णय

काठमाडौँ । सरकारले नागरिकता सम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।

सम्बन्धित सामग्री

नागरिकता विधेयक संसद्मा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषदको बैठकले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकबाट फिर्ता लिएको सो विधेयक दर्ता गर्ने निर्णय भएको मन्त्री उमा रेग्मीले रातोपाटीलाई जानकारी दिइन् ।मन्त्री रेग्मीका अनुसार नयाँ ल्याइने नागरिकता सम्बन्धि विधेयकमा गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अन्य अधिकार उपभोग गर्न पाउने गरी व्यवस्था गरिने छ । सो विधेयकमा के के कुरा संसोधन भएको बारे भने मन्त्री रेग्मीले खुलाइनन् । संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको विधेयक सर

संसद्मा दर्ता भएको नागरिकता विधेयक फिर्ता

सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । प्रतिनिधिसभामा दर्ता भएको नागरिक विधेयक चार वर्षपछि सरकारले फिर्ता लिने निर्णय गरेको हो ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । विधेयकमा रहेका विवादित विषय झिकेर थप व्यवस्थित र सुदृढ बनाएर फेरि प्रतिनिधिसभामा पेश गर्ने तयारी सरकारको छ ।नागरिकता विधेयक […]

वैवाहिक अंगीकृतको प्रावधान बिनै  नागरिकता विधेयक ल्याइने

सरकारले प्रतिनिधिसभामा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने तयारी थालेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा दर्ता भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएर नयाँ ल्याउने निर्णय गरेको हो। प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएसँगै नयाँ विधेयक दर्ताको तयारी भएको छ,' एक मन्त्रीले भने। संसद्मा दर्ता भएको नागरिकता विधेयकका लगभग सबै विषय टुंगिए पनि वैवाहिक अङ्गीकृत नागरिकता पाउने अवधिब