बेहोस अवस्थामा फेला परेका काठमाडौँको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ । ग्राण्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस अवस्थामा फेला परेका न्युरोसर्जन डा सुवास लोहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । लोहनी नेशनल न्यूरो सेन्टरमा कार्यरत थिए। महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शव परीक्षणका लागि आज महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । डा लोहनी आफैँले बेहोस हुने औषधि लिए