लमजुङ– दोर्दी गाउँपालिकाका किसानहरू च्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । उनीहरूले गाउँपालिकाको सहयोगमा व्यावसायिक रूपमा च्याउ खेती थालेका हुन् । परालको डल्लो बनाएर अँध्यारो कोठामा गरिने कन्ये च्याउको खेती गर्न किसानहरू आकर्षित हुन थालेपछि गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक सहायक निराजन पौडेलका अनुसार […]