सरकारसँग समन्वय गर्न नेकपा एसले बनायो समिति

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार बसेको सचिवालय बैठकले गठन गरेको संयन्त्रमा उपमहासचिव प्रकाश ज्वाला, सचिव जीवनराम श्रेष्ठ, मन्त्रीद्वय भानुभक्त जोशी र धनबहादुर बुढा सदस्य छन् । महाधिवेशनका लागि राजनीति तथा सुरक्षा समन्वय कमिटी थप गर्ने […]