कार, टयाक्सी, टेम्पो, जिप, भ्यान, माइक्रो बस वा बसहरूमा खुब गीत घन्काइन्छ । यात्रुहरू पनि गीतको मज्जा लिन्छन् । तर यसरी गीत बजाएबापत् भने अब यातायात सञ्चालकहरूले रोयल्टी तिर्नुपर्ने भएको छ । प्रस्तोता समाज नेपालद्वारा तयार पारिएको रोयल्टी संकलनसम्बन्धी मापदण्ड शनिबार सार्वजनिक गरियो ।