पर्वत : अंग्रेजी नयाँ वर्ष आयो कि पर्वत सदरमुकाम कुश्मा बजारसहित बाग्लुङ र म्याग्दीका युवायुवतीहरू पोखराको लेकसाइड पुग्ने गरेका छन्। पर्यटकको रोजाइमा रहेकाले पर्यटकहरूको बाक्लो चहलपहल रहने लेकसाइडमा अंग्रेजी नयाँ वर्षको दिनमा विशेष रमाइलो हुन्छ। यही कारण झन्डै दुई घण्टाको दूरी पार गरेर पोखरासम्म पुग्नेहरू भेटिन्छन्।तर‚ यस वर्ष भने पोखराको लेकसाइडको जस्तै रमाइलो पर्वत सदरमुकाम कुश्मा बजारमा बन्जी जम्प रहेको क्षेत्रमा पनि हुने भएको छ। रमाइलोको खोजीमा पोखरासम्म पुग्नेहरू यस वर्ष भने बन्जी जम्