खर्च विधेयक विफल बनाइएकोमा अमेरिकाका उप राष्ट्रपति 'फायर' :: Pahilopost.com

वासिङ्टन : अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक विफल बनाएको भन्दै अमेरिकी उप राष्ट्रपति माइक पेन्सले सिनेटको आलोचना गरेका छन्। खर्च सम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको भन्दै विदेशमा लड्न पठाइएका सेनालाई तलब खुवाउनसमेत समस्या हुनेगरी अमेरिकी कङ्ग्रेसमा राजनीति भएको भन्दै उनी आक्रोशित बनेका हुन्। विधेयक