नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएपछि उनीबाहेक केन्द्रीय समितिका पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन् ।