प्रधानमन्त्री शेरबहादुर देउवाले १ वर्षभित्र तीनै तहको चुनाव गर्ने प्रतिबद्धता जनाए पनि स्थानीय तहको चुनावबारे मौनता देखाएका छन् ।
शुक्रवार अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले १ वर्षभित्र ३ वटै तहको चुनाव गर्ने प्रतिबद्धता जनाए ।
संविधानको व्यवस्थाअनुसार आगामी ४ महिनाभित्रै स्थानीय तहको चुनाव गर्नुपर्ने बाध्यता छ । १० महिना अर्थात आगामी वर्षको मंसिरभित्रै प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव गर्नुपर्ने संवैधानिक दायित्व छ ।
‘१ वर्षभित्रै ३ तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ । निर्वाचनको पूर्व तयारीक...