सत्र वर्षदेखि बन्द कोठामा थन्कियो रक्तचन्दन, अहोरात्र सुरक्षा दिदै दुई वन रक्षक

झापा, जेठ १२। सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन काठ जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ । त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् । कोठामा थन्काइएको रक्तचन्दन भने अहिलेसम्म पहरा दिएर बन्द कोठामा राख्नु परिरहेको छ । जिल्ला वन […]