अन्नपूर्णको यात्रामा पूर्णिमा श्रेष्ठ, गण्डकी प्रदेशद्वारा सहयोग हस्तान्तरण

काठमाडौं : सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ अन्नपूर्ण फस्ट हिमाल आरोहणका लागि निस्केकी छिन्। आज गण्डकी प्रदेश पुगेकी उनलाई प्रदेश सरकारले आर्थिक सहयोग हस्तान्तरण गर्‍यो। पत्रकार समेत रहेकी श्रेष्ठलाई  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ८ लाख सहयोग प्रदान गरेका हुन्। श्रेष्ठले सगरमाथासँगै मनास्लु लगायतका हिमालहरुको सफल आरोहण गरिसकेकी छिन्।