डडेल्धुरामा महिन्द्राको शोरुम सञ्चालन

अग्नि ग्रुपले सूदुरपश्चिम प्रदेशको डडेल्धुरामा महिन्द्राको थ्री एस सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले उद्घाटन गरे ।डडेल्धुरा र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच पु¥याउन शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।