ग्यास सिलिन्डर विस्फोट भएर वृद्धाको मृत्यु

गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए । गए राति घटना भए पनि बिहानमात्र स्थानीयवासीले घटनाका बारेमा जानकारी पाएका थिए ।एकान्तमा रहेको घरमा वस्ती एक्लै बस्दै आएको स्थानीयवासीको भनाइ छ । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामग्रीसमेत जलेर पूर्ण रूपमा नष्ट भएको वडाध्यक

सम्बन्धित सामग्री

गोरखामा आगलागीमा परेर वृद्धाको मृत्यु

गोरखा । गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७, जामुनेकी ६९ वर्षीया केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए । गए राति घटना भए पनि बिहान...