रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

रोल्पामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने  गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो  ।रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गएराति  १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर , १८ बर्षीया बुहारी  सुशीला बुढा मगर र  १५ बर्षीया  छोरी  श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो ।

सम्बन्धित सामग्री

अविरल वर्षासँगै गएको पहिरो घर पुरीदा एकै परिवारका तीनको मृत्यु

सुर्खेत । अविरल वर्षासँगै पहिरोले घर बगाउँदा सुर्खेतमा तीनजनाको मृत्यु भएको छ।  सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका-६ बडाखोलीस्थित सिन्दुरखोला…

पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा सुर्खेतको गुर्भाकोटमा तीन जनाको मृत्यु भएको छ। सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरो आउदा शनिबार राति घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।