सुर्खेत । उच्च अदालत सुर्खेतले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको जनाएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६७५ मुद्दाको फछ्र्योट गरेको हो । असार मसान्तसम्म ५६१ मुद्दा फछ्र्योट गर्ने लक्ष्य रहेकोमा जेठ महिनाभित्रै सोभन्दा ११४ थानबढी मुद्दा छिनोफानो गरिएको अदालतले जनाएको छ । गत वर्ष फछ्र्योट हुन बाँकी रहेका २६५ थान र चालु आर्थिक […]