हिमालय एयरलाइन्सले कुवेत उडान भर्ने

हिमालय एयरलाइन्सले कुवेतमा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ । निर्धारित उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति १० : ३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ९ः १७ बजे काठमाडौँ अवतरण गरेको थियो । उडान उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिहरूको उपस्थिति रहेको थियो । एयरलाइन्सले हरेक शुक्रबार काठमाडौँदेखि कुवेत र हरेक शनिबार कुवेतदे