मनिष डाँगीको गोल निर्णायक बनेपछि नेपालले मङ्गलबार लाओसलाई उसकै घरेलु मैदानमा १–० ले हराएर फिफा विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरण पार गर्न सफल भएको छ ।
काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत गत सेप्टेम्बरमा रद्द भएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः खेलाउन फिफाले निर्देशन दिएको छ । फिफाले छानबिनपछि गत फेब्रुअरीमै यी दुई टोलीबीचको खेल पुनः खेलाउन निर्देशन दिएको थियो । तर, ब्राजिल र अर्जेन्टिनाका फुटबल संघले भने यो खेलको नतिजाले दक्षिण अमेरिकी समुहको छनौटमा कुनै असर नगर्ने भन्दै पुनः खेल […]
काठमाण्डाै - विश्वकप फुटबल छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै हरायो ।
सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो । तर पनि पहिलो हाफमा दुई खोल खाएको नेपालले दोस्रो हाफमा जम्मा १ गोल मात्रै खायो ।
नेपालका गोलकिपर किरण चेम्जोङले अस्ट्र...
विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो ।जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । खेलमा जोर्डनल
विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा मध्यान्तर अघि जोर्डनले अग्रता लिएको छ । कुवेत सिटीमा भइरहेको खेलमा जोर्डनले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो । जोर्डनका लागि बाहा फैजलले गोल गरेका हुन् ।डि–बक्समा बल क्लियर गर्ने क्रममा सुनिल तामाङले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै बाहाले गोल गरेका हुन् । उक्त फउलका लागि सुनिलले पहेँलो कार्ड पाएका छन् । जोर्डनले दबाबमा राखेको खेलमा नेपालका
काठमाडौं । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा जोर्डनले अग्रता लिएको छ । कुवेत सिटीमा भइरहेको खेलमा जोर्डनले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो । जोर्डनका लागि बाहा फैजलले गोल गरेका हुन् ।डि–बक्समा बल क्लियर गर्ने क्रममा नेपाली खेलाडीले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो ।
काठमाण्डाै - फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्तर्गत नेपालले गएराति भएको खेलमा चाइनिज ताइपेईलाई हराएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २– ० गोलले हराएको हो । नेपालका लागि खेलको चौथो मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरे ।
ताइपेईका खेलाडीले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो । अर्को गोल ८१ औं मिनेटमा नवयुग श्रेष्ठले गरे । नवयुग परिवर्तित खेलाडीको रुपमा ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । हिजोको जितसँगै नेपाल...
विश्वकप फुटबल छनोटको तयारी स्वरुप नेपालले आगामी मई २९ मा इराकको सामना गर्नेछ । उक्त खेल इराकको बसरामा हुनेछ । मैत्रीपूर्ण खेल सकिए लगत्तै नेपालले विश्वकप फुटबल छनोट अन्तगर्तको दोस्रो चरणको पहिलो खेलमा चाइनिज ताइपेइको सामना गर्नेछ । चाइनिज ताइपेइसँगको खेल जुन ३ मा कुवेतमा हुनेछ । जुन ७ मा नेपालले जोर्डनको सामना गर्नेछ । दोस्रो चरणको अन्तिम खेलमा नेपालले जुन ११ मा अष्ट्रेलियाको सामना गर्नेछ ।
फिफा विश्वकप फुटबल २०२२ र एशियाली फुटबल प्रतियोगिता २०२३ को छनोट खेल स्थगित भएको छ । नेपालले छनोटको दोस्रो चरण अन्तगर्त दशरथ रङ्गशालामा चैत्त १७ गते अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो ।
खेल तालिका अनुसार दोस्रो चरणमा नेपालले चाइनिज ताइपेई र अष्ट्रेलिया र जोर्डनको सामना गर्ने तय भएको थियो । तर एशियाली फुटबल संघले अद्यावधिक गरेको खेल तालिकामा खेल ‘भेन्यु’ दशरथ रङ्गशाला नै रहेपनि खेल स्थगित भएको उल्लेख गरिएको छ । त्यसअघि नेपालले १२ चैत्तमा चाइनिज ताइपेईको सामना गर्नेछ । उक्त खेल समेत स्थगित हुन पुगेको एएफसीको खेल तालिकामा उल्लेख गरिएको छ । नेपाल छनोट प्रतियोगिताको समूह बी मा रहेको छ ।
दोस्रो चरणको अन्तिम खेलमा नेपालले जोर्डनको सामना जुन ७ मा गर्ने तय गरिएको छ । तर उक्त खेल यथावत मितिमै हुने उल्लेख गरिएको छ ।
दोस्रो चरणकै खेलमा अष्ट्रेलियाले कुवेतको र कुवेतले जोर्डनको सामना गर्नेछ । उक्त खेल समेत स्थगित भएको छ । अष्ट्रेलिया र चाइनिज ताइपेईबीचको खेल यथावत तालिकामै हुने जनाइएको छ ।
विश्वकप फुटबल छनोट दोस्रो चरणअन्तर्गतको समूह ‘बी’ को खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएकोे छ । अष्ट्रेलियाको क्यानबेरास्थित जियो रङ्गशालामा आज भएको खेलमा अष्ट्रेलियाले नेपाललाई ५–० गोलले हराएको हो