विराटनगर महानगरद्वारा न्यूयोर्क सहरसँग भगिनी सम्बन्धनको प्रस्ताव

विराटनगर महानगरपालिकाले अमेरिकाको न्यूयोर्क सहरसँग भगिनी सम्बन्धनको प्रस्ताव राखेको छ।

सम्बन्धित सामग्री

विराटनगर र न्यूयोर्क महानगरबीच भगिनी सम्बन्ध

विराटनगर। विराटनगर महानगरपालिका र अमेरिकाको न्यूयोर्क महानगरबीच भगिनी सम्बन्ध कायम हुने भएको छ । त्यसका लागि दुवै महानगरका मेयरबीच न्यूयोर्कमा छलफल भएको छ । भगिनीसम्बन्ध स्थापित भएपछि दुवै महानगरबीच सहयोग आदानप्रदान हुने बताइएको छ । अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र न्यूयोर्कका मेयर एडम्सबीच शुक्रवार भएको भेटवार्तामा दुवै नगरबीच भगिनीसम्बन्ध स्थापित गर्न छलफल भएको थियो । मेयर कोइरालाले न्यूयोर्कका मेयर एडम्सलाई उपहार स्वरूप नेपाली दौरासुरुवाल र ढाका टोपी प्रदान गरेका थिए । मेयर कोइरालाले मेयर एडम्सलाई विराटनगर भ्रमणको निम्तो दिँदै नेपाल भाषा, कला, संस्कृतिमा सम्पन्न रहेको जानकारी गराएका थिए । मेयर कोइरालाले अमेरिकी नागरिक साहसिक खेलमा रमाउने भएकाले नेपाल साहसिक पर्यटनका लागि उपयुक्त रहेकोे बताएका थिए । प्रदेशको एकमात्रै महानगरपालिका विराटनगरबाट सगरमाथा सहितका हिमाल नजिक पर्ने भएकाले विराटनगरबाटै माउण्टेन फ्लाइटको पहल पनि भइरहेको मेयर कोइरालाले जानकारी दिएका थिए । एडम्सले छिट्टै नेपाल आउन चाहेको इच्छा व्यक्त गरेका थिए । विगतमा पनि नेपाल आएको र आफूलाई मन पर्ने देशमध्ये नेपाल एक भएको मेयर एडम्सले बताए ।

यस्ता छन् फागुन २६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १९ निर्णय

फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु : १. बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्ने सन्दर्भमा विगतमा भएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध र क्रियाशील रहेको। बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन तथा साइट सञ्चालन गर्दा त्यसबाट हुने वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै फोहरको वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित निकायबाट अविलम्ब आवश्यक कार्य प्रारम्भ गर्न र पहुँच सडकको निर्माण तथा स्तरोन्नति गर्न सम्बद्ध निकायलाई निर्देशन गरिएको। यससम्बन्धी कार्यमा आवश्यक सहजीकरण र समन्वय गर्न स्थानीय जनप्रतिनिधिहरूसमेत रहेको एक उच्चस्तरीय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि सरोकारवालाहरू समेतको सहभागितामा एउटा Rapid Action Task Force गठन गर्ने निर्णय समेत भएको।२. राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्वामित्वमा रहेको सुर्खेत जिल्लामा रहेको क्षेत्रफल -९-८ को जग्गा नेपाल राष्ट्र बैंकलाई बिक्री गर्न स्वीकृति प्रदान गर्ने। ३. नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा श्री उमेशप्रसाद थानी (सुर्खेत) लाई नियुक्त गर्ने।४. संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा २०२२ मार्च ७ देखि १८ सम्म संचालन हुने United Nations Convention on the Law of the Sea on the conservation and sustainable use of marine biological diversity of areas beyond national jurisdiction (BBNJ) अन्तर्गत Inter-Governmental Conference को चौथो सत्रमा नेपालको तर्फबाट सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव श्री उदयराज सापकोटा नेतृत्वको भ्रमण स्वीकृत गर्ने।५. बंगलादेशको ढाकामा आगामी ८ देखि ११ मार्च, २०२२ मा आयोजना हुने 36th Session of the FAO Regional Conference on Asia and Pacific| मा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाइ स्वीकृति दिने।६. बीउ बिजनको किसिम वा जात सूचित गर्ने प्रयोजनार्थ राष्ट्रिय बीउ बिजन समितिबाट सिफारिस भई आएबमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने ।७. सरकार-सरकार (G to G) विधि अन्तर्गत भारत सरकारसँग हस्ताक्षर भएको समझदारीपत्रमा भएको व्यवस्था बमोजिम Joint Steering | Committee मा सहभागी हुन नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास महाशाखाका सहसचिवको नेतृत्वमा टोली गठन गर्ने तथा मल खरिद गर्ने निकायको रुपमा कृषि सामाग्री कम्पनी लिमिटेडलाई तोक्ने।८. साउदी अरबका परराष्ट्रमन्त्रीबाट २०७८ फागुन ३० देखि चैत १ सम्म गर्नु हुने नेपाल भ्रमणका अवसरमा द्विपक्षीय वार्ताका लागि माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने। ९. नेपाल र साउदी अरब सरकार बीच हुने GENERAL COOPERATION AGREEMENT BETWEEN THE GOVERNMENT OF NEPAL AND THE GOVERNMENT OF THE KINGDOM OF SAUDI ARABIA मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने।१०. २०७८ चैत्र १४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने Government Counsultation on the StockholmO LDC Engagement | Strategy Preparatory meeting सम्बन्धी कार्यक्रममा सहभागी हुन सचिव डा. पेम नारायण कँडेललाई स्वीकति दिने।११. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलललाई संयुक्त अरब इमिरेट्स, सेशेल्स र कतारको भ्रमण गर्न स्वीकृति दिने।१२. तुलसीपुर उपमहानगरपालिका र स्पेनको बिलबाओ नगर परिषदबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति प्रदान गर्ने। १३. फोहरमैला व्यवस्थापनसम्बन्धी कानूनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने । १४. राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने। १५. पत्रकार दुर्घटना बीमा (व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गर्ने।१६. वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ स्वीकृत गर्ने|१७. निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ स्वीकृत गर्ने १८. औद्योगिक व्यवसाय नियमावली, २०७८ स्वीकृत गर्ने। १९. सार्वजनिक खरिद (एघारौं सशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने।

भगिनी सम्बन्धमा गाँसिए महासंघ र ग्रेटर न्युयोर्क चेम्बर

विराटनगर (अस) । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्सबीच भगिनी सम्बन्ध स्थापनाका लागि सम्झौतामा हस्ताक्षर भएको छ । भगिनी सम्बन्धमा दुवै पक्षले व्यापारिक समझदारी, व्यापारिक समुदायको कानुनी दायराभित्र रही आपसी सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदान–प्रदानलाई प्रोत्साहन गर्ने, संघका सदस्यबीच सहज वातावरण, आर्थिक तथा व्यापारिक सूचना एंव तथ्यांक प्रवाह गरी सम्झौता तथा संयुक्त परियोजना सञ्चालनमा सहयोग गर्ने उल्लेख छ । आर्थिक नीति नियम, प्रकाशन, पत्रपत्रिका एवं व्यापारिक गतिविधि आदान–प्रदान, मेला, गोष्ठी, सेमिनार तथा अन्य कार्यक्रम आयोजना, सदस्यबीच प्राविधिक विशेषज्ञतालगायत बुँदामा सहमति भएको छ । उद्योग वाणिज्य महासंघ उपाध्यक्ष राजेन्द्र राउत र ग्रेटर चेम्बर अफ कमर्स न्युयोर्कका अध्यक्ष मार्क जाफीबीच भएको उक्त सम्झौतामा  ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्स, न्युयोर्क, अमेरिकन बिजनेस अफेयर्स अमिरप्रताप साहले हस्ताक्षर गरे  । ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्स, न्युयोर्क अमेरिकाले सेम्टेम्बर २०, २०१९ मा आयोजना गरेको २० औं वार्षिक कन्फरेन्स तथा एक्स्पोमा महासंघ उपाध्यक्ष  राउत र निवर्तमान अध्यक्ष नरेन्द्रकुमार खड्का सहभागी थिए ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ र न्यूयोर्क चेम्बर अफ कमर्शबीच भगिनी सम्बन्ध

मोरङ– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्शबीच भगिनी सम्बन्ध कायम भएको छ। महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार व्यापारिक समझदारी, प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह तथा सुझाव आदान–प्रदान, व्यापारिक समुदायको कानुनी दायराभित्र रहँदै सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने सम्झौता भएको छ। कार्यकारी निर्देशक पौडेलले बुधबार दुवै पक्षबीच सम्झौता भएको जनाउँदै […]