ए डिभिजन लिग : भोलिदेखि पाँचौ चरणका खेल हुँदै

काठमाडाैं : सहिद स्मारक ए डिभिजन लिगमा भोलिबाट पाँचौ चरणका खेल सञ्चालन हुने भएका छन्। तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन्।लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुने अनुमान गरिएको छ। सातौं चरणको समाप्तिमा एएफसी क्लब लाइसेन्स प्राप्त चार टोलीमध्ये शीर्ष स्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुंगो लाग्नेछ।शुक्रबार पाँचौ चरणका खेलमा पहिलो खेल सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दैछ। अन्डरडगको रुपमा हेरिएको सातदोबाटो क्लब विभागीय