हेलम्बुमा पौडी खेल्दा भीरमा हराएका शिक्षककाे हेलिकोप्टरबाट उद्धार, तस्वीरहरू

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा शनिबार पौडी खेल्ने क्रममा हराएका शिक्षकको आज सकुशल उद्धार गरिएको छ। दोलखाको कालिञ्चोक गाउँपालिका ७ का केशव सिवाकोटीलाई सेनाले उद्धार गरेको हो। नेपाली सेनाको हेलिकप्टर सहितको  विशेष टोलीले सकुशल उद्दार गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।