काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ का विकास कुमालले २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगिताका दोस्रो दिन शुक्रबार थप दुई स्वर्ण जितेका छन् । विकासले बिहीबार पनि दुई स्वर्ण नै जितेका थिए । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राखी नेपाल पौडी संघद्वारा आयोजना गरेको प्रतियोगिताको दोस्रो दिन विकासले २०० मिटर व्यक्तिगत मिड्लेमा […]