छथर जोरपाटी गाउँपालिकामा लम्पी स्किन रोगले १९ वटा पशु चौपाया मरे

मोरङ – धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकामा लम्पी स्किन रोगले १९ वटा पशु चौपाया मरेका छन्। गाईगोरुमा रोग देखापरेसँगै हाल गाउँपालिकाले घुम्ती स्वास्थ्य शिविरलाई अघि बढाएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए। लम्पी स्किन महामारीका रुपमा देखापरेसँगै गाउँपालिकाको स्वास्थ्य शिविरले रोगको उपचार तथा रोकथामबारे जनचेतना फैलाउन थालेको अध्यक्ष सुब्बाले बताए। गाउँपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख […]