आर्थिक मन्दीको ऐतिहासिक विश्व अर्थतन्त्र र नेपाल

मुलुकको आर्थिक क्रियाकलापमा निरन्तर कमी हुँदै जानुलाई आर्थिक मन्दी भन्न थालिएको छ । मन्दी आर्थिक क्रियाकलापको न्यूनीकरण हो । आर्थिक क्रियाकलापभित्र उत्पादन, रोजगारी, आर्थिक वृद्धि, वस्तु तथा सेवाको आयात–निर्यात तथा बिक्री–वितरण आदि पर्छन् । यस अवस्थामा आर्थिक परिसूचकहरू लगातार रूपमा सुस्ताइरहेका छन् । यसरी अर्थतन्त्रका सूचकहरू सुस्ताउनुको मुख्य कारण कोभिड–१९ को महामारीलाई लिइएको छ । […]