प्रतिनिधि सभाको नियमावलीमा सांसदहरूबीच सहमति जुट्यो

काठमाण्डाै – प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाको नियमावलीमा सहमति जुटाएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रतिनिधि सभाको नियमावली टुङ्ग्याएको हो । बैठकमा केही सदस्यहरूले नियमावलीमा फरक मत राख्ने भने पनि सबै कुरामा सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सदस्य रमेश लेखकले जानकारी दिनुभयाे । उहाँले बैठकमा महाअभियोग प्रस्ताव, फौजदारी अभियोग र स्वार्थ बाझिएको विषयमा निष्कर्ष निकालेको बताउनुभयो ।  समिति सदस्य लेखकले समितिल...