२६ फागुन, विराटनगर। संखुवासभामा बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार दुर्घटनामा घाइते पाँच जनालाई हेलिकप्टर मार्फत धरान पठाउन लागिएको हो । बिहीबार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो […]