खाद्य स्वच्छता तथा गुणस्तर विधेयक प्रतिनिधिसभाबाट पारित

राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको छ ।

सम्बन्धित सामग्री

खाद्य स्वच्छता तथा गुणस्तर ऐन पारित

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्बाट पारित भएको छ । विधेयक खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८० का रूपमा कार्यान्वयनमा आउने भएको छ । ऐनका रूपमा कार्यान्वयमा आएपछि खाद्य स्वच्छता तथा गुणस्तरमा थप सुधार आउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । हालसम्म खाद्यको स्वच्छता तथा गुणस्तरको नियमन खाद्य ऐन, २०२३ ले गरिरहेको छ तर अहिलेको परिप्रेक्ष्यमा त्यो पर्याप्त नभएका कारण यो ऐन निर्माण गरिएको कृषिमन्त्री ज्वालाकुमारी साहले बताउनुभयो ।

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक प्रतिनिधिसभाबाट पारित

राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक कृषि समितिबाट पारित

काठमाडौं : खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०७७ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको छ।प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो। समिति सभापति आरजु राणाले विभिन्न सरोकारवाला र कृषि,कानून र उद्योग मन्त्रीहरूसँगको पटक–पटकको छलफल गरी आवश्यक संशोधनसहित पारित गरिएको बताइन्। उनले राष्ट्रिय सभाबाट पारित भएर आवश्यक ऐन संशोधनको लागि समितिमा आएको विधेयक समिति सदस

खाद्य स्वच्छता ऐन बनाउने तर तत्काल लागू नगर्ने प्रस्ताव

१६ फागुन, काठमाडौं । प्रतिनिधिसभाका केही सदस्यले खाद्य स्वच्छता तथा गुणस्तर ऐन बनाउने तर तत्काल लागू नगर्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकउपर संशोधन प्रस्ताव दर्ता गर्दै सांसदहरु मनिष झा, सुमना श्रेष्ठ, विद्या भट्टराई र गगन थापाले ऐन बनाउने तर लागू गर्न समयसीमा राख्ने प्रस्ताव गरेका हुन् । प्रस्तावित विधेयकमा ‘ऐन […]

कारबाही बढे पनि कालोबजारी घटेन

सरकारले खाद्य स्वच्छता तथा गुणस्तर कायम गराउन गरेका प्रयास सन्तोषजनक देखिएका छैनन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन तथा नियमन गर्ने निकाय हो ।  विभागले आर्थिक वर्ष २०७७/७८ मा अखाद्य वस्तु उत्पादन गर्ने  एक सय उत्पादक कम्पनीलाई कानुनी कारबाही गरेको प्रतिवेदनमा उल्लेख भएपनि  बजारमा अखाद्य वस्तु उत्पादन गर्ने कम्पनी वा फर्मको सङ्ख्या भने घटेको देखिँदैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक एवं वार्षिक

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन गर्न महासंघको माग

उद्योग वाणिज्य महासंघले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ जस्ताको तस्तै पारित भए मुुलुकभित्र खाद्यसँग सम्बन्धित कुनै पनि उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने जनाएको छ ।महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्रिय सभामा दर्ता रहेको ऐनका विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण […]

खाद्य गुणस्तर विधेयकप्रति महासंघको आपत्ति

काठमाडौं, पुष २१ । नेपाल उद्योग वाणिज्य महासंघले खाद्य गुणस्तर सम्बन्धी कडा विधेयक ल्याउन लागिएको भन्दै आपत्ति जनाएको छ । महासंघले आफूहरुसँग छलफल नगरी खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक लाउन लागेको भन्दै आपत्ति जनाएको हो । विधेयकलाई पुनः निजी क्षेत्रसँग छलफलमा ल्याउन पनि महासंघले आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा आज […]

वीरगञ्जका होटलमा खाद्य स्वच्छता अभियान, अनुगमनका लागि समिति गठन

पुस १५, वीरगञ्ज । वीरगञ्जका होटलहरूको स्तरीकरण गरिने भएको छ ।  स्थानीय होटल तथा रेष्टुरेन्टहरूमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गरी त्यसको स्तरको आधारमा लोगो प्रदान गर्न लागिएको हो ।  खाद्य प्रविधि तथा  गुण नियन्त्रण डिभिजन कार्यालय जनकपुरले विहीबार वीरगञ्जमा यसबारेमा होटल सञ्चालकहरुसँग अन्तरक्रिया गरेको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जसँगको सहकार्यमा भएको कार्यक्रममा स्थानीय होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, मिठाइ पसल सञ्चालकको सहभागिता थियो ।  सहभागी सञ्चालकलाई खाद्य स्वच्छता, गुणस्तर र यसका आधारमा होटलको स्तरीकरणबारेमा जानकारी दिइएको डिभिजन कार्यालयका अधिकृत रत्नकान्त झाले बताए । होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छताको आवश्यकता र यसका उपायबारे सञ्चालकहरूलाई जानकारी दिइएको थियो ।  वीरगञ्जका होटल तथा रेष्टुरेन्टका ५२ जना सञ्चालको सहभागिता रहेको थियो । कार्यक्रममा स्वच्छताका बारेमा जानकारी दिइएको र पालना भए/ नभएको अनुगमन गरेर होटलहरूलाई स्तरअनुसार लोगो प्रदान गरिने खाद्य प्राविधि तथा  गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख बिक्की राउतले जानकारी दिए ।  होटलमा खाद्य स्वच्छता कायम गर्न १० दिनको समय दिइएको छ । स्वच्छताको अवस्थाबारे अनुगमन र लोगो बितरणका लागि सात सदस्यीय समितिसमेत गठन भएको छ । होटल  तथा  पर्यटन व्यासायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले अनुगमनको क्रममा केही अनावश्यक निर्देशन पनि दिने गरेको गुनासो गरे । होटलमा खाद्य स्वच्छता र त्यसका आधारमा हुने स्तरीकणको पहल सकारात्मक भएको पनि पन्तले बताए । यसैबीच होटल तथा पर्यटन व्यवसायी संघले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र प्रहरी उपरीक्षक  रमेश बस्नेतलाई स्वागतसमेत गरेको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका प्रकाश पन्त र अनिता देवकोटा तथा नेकपा (माओवादी केन्द्र)का रामनारायण विडारी र मायाप्रसाद शर्माले भाग लिएका थिए।प्रतिपक्षी दल नेकपा (एमाले)का खिमलाल भ

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो।...