विश्वविद्यालयको नीतिमा राजनीति हुनुपर्नेमा संरचनामा भयो : सांसद पौडेल

विश्वविद्यालय वा विद्यालयको नीतिमा राजनीति हुनुपर्नेमा राजनीतिक दलहरूले संरचनामा राजनीति गरेको कांग्रेस सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले बताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयको उपकूलपति विश्वव्यापी विज्ञापन गरेर नियुक्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणाको स्वाग गर्दै त्यसरी उपकुलपति नियुक्त गरेको दिन प्रधानमन्त्रीलाई माला लगाउने पनि बताए ।