गोरखामा ‘तपाईंको मास्क खै’ अभियान

गोरखा : जिल्लामा निषेधाज्ञा केही खुकुलो पारेसँगै कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ। सार्वजनिक सवारीसाधन, पसल, बैंक तथा वित्तीय संस्था खुल्दा दिनदिनै  सङ्क्रमणको दर उच्च हुँदै गएकाले  सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र र प्रहरीले ‘तपाईको मास्क खै’ अभियान शुरु गरेको छ।स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्दा सङ्क्रमण रोकिनेभन्दा झनझन बढ्न थालेकाले  सचेत गराउन अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष सुशीलबाबु श्रेष्ठले जानकारी दिए।'